قد يعجبك
हाम्रो नयाँ चलचित्र मम्मी यही माघ २५ गते आउँदैछ सबैजना हेर्न जानुपर्छ है त हलहलमा। भूत भेट्ने दिन माघ २५ #samipniraula #foryoupage #fyp #mummy #mummymovie
samipniraula
1-29
2262
काल भैरवाष्टमी >> अत्यन्त कालो, विशाल अजंग रुप, अंगार जस्तै आँखा, कालै बस्त्र, रूद्राक्षका मोटा-मोटा माला, हातमा फलामको भयानक दण्ड बोकेर कालै कुकुरमाथि सवार हुने मृत्युभय युक्त देवता महाभैरवको आज पूजा गरिंदैछ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ । विशेषगरी भैरवको पूजा तन्त्र विद्याद्वारा मात्रै सम्पन्न गरिन्छ । तन्त्रका साधकहरुले आफ्नो अन्तिम लक्ष्य भैरवभाव प्राप्त गर्नु हो भन्दछन् र चलाचल मृत्यूभन्दा माथिका भंगिमा हाँसिल गर्नुलाई मात्रै साधनाको सफलता ठान्दछन् । शिव पूराणमा उल्लेख भएअनुसार भूत, प्रेत, पिशाच सहितका सवै कठोर गुणयुक्त पात्रहरु शिव सैन्यका सवैभन्दा अन्तिम दस्ता हुन् । जति पनि रोग, मृत्यू, प्रलय तथा आपत्ति विपत्तिका प्रकृति र प्रवृतिहरु छन्, ति सवैको अन्तिम नेतृत्व शिवजीका तिनै सैन्यदस्ताले गर्दथे र भैरव ति सवैका अधिपति अथवा सेनानायक थिए । त्यहि भएर सवै प्रकारका भयहरुले युक्त भएकोले भैरव अवथा काल भैरव भनिएको हो । सवैभन्दा रौद्रभाव हुने भएकोले संगीतमा पनि भैरव राग हुने गर्दछ । भैरव शब्दको खास अर्थ भीषण, भयानक, डरलाग्दो भन्ने हुन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ । भगवान शिवका विभिन्न आठ रुप मध्ये भैरव एक रुप हो । मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रुपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ । त्यसैकारण यस दिनलाई काल भैरवाष्टमी पनि भनिन्छ । भैरवलाई कलियुगका जागा देवताका रुपमा पूजा गरिन्छ । भक्तिभावले भैरवको स्मरण गरेमात्रै पनि मानिसका समस्याहरु हटेर जाने विश्वास गरिन्छ । भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइएको छ । नेपालमा मल्लकालमा काठमाडौंका बासिन्दाले नागार्जुन पहाड उत्खननगर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेका थिए । काल भैरव राखिएको त्यहि ठाउँ भैरवस्थान भनेर चिनिन्छ । मल्लकालको अन्त्यतिर भैरवलाई न्याय र अन्यायका प्रतिमूर्तिका रुपमा प्रयोग गरिन्थ्यो । अपराधीलाई काल भैरवको मुर्ति अगाडि लगेर अपराध कबुल गराइन्थ्यो । अपराधीले गलत बयान दिएमा उसको भैरवको मुर्तिको अगाडि पुगेपछि रगत छादेर आफैं मृत्यु हुने जनविश्वास रहेको थियो । काल भैरवको पूजाआराधना भोग बलिद्वारा मात्रै गरिंदै आएको छ । तर पछिल्ला दिनमा जस्तोसुकै भए पनि बलि दिनु अमानवियता भएको भन्दै भैरवलाई नरिवल फोडेर पूजा गर्ने चलन बढेको छ । #kaalbhairav
sir_mila
2024-11-22
4661